१३ बैशाख २०८१, बिहीबार

अहिलेसम्म प्रधानमन्त्री नभएकालाई प्रधानमन्त्री बनाएर सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउँ

Dr Baburam Bhattarai
फाइल फोटो

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठनको प्रस्ताव राखेका छन् ।

बुधवार आफ्नो धारणा सार्वजनिक गर्दै उनले संविधाको धारा ७६ को उपधारा २ बमोजिम नै सरकार बनाउनु पर्नेमा जोड दिएका हुन् ।

विभिन्न नेताहरुसँगको भेट र छलफलपछि डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी ओली र अन्य पूर्व प्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका हुन् ।

उनले दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति, साझा न्युनतम कार्यक्रमसहित एक वर्षभित्र चुनावमा जाने प्रस्ताव राखेका छन् ।

राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकार गठनको प्रयास भइरहेका बेला जसपा एकजुट हुन सकेको छैन । भट्टराई ओलीको विस्थापनको पक्षमा रहे पनि महन्थ ठाकुर पक्ष मानेको छैन ।