१५ चैत्र २०८०, बिहीबार

अभिनेता सलमानले चुम्बन गर्दा अभिनेत्रीको मुखमा टेप

salman chumban

अहिले बलिउडमा चुम्बनको चर्चा चुलिएको छ । यसैबीच अभिनेता सलमान खानले कुनै पनि अभिनेत्रीसँग चुम्बन नगर्ने बाचाले पनि बलिउडमा गसिप बन्दै आएको थियो । तर, अव भने उनको त्यो बाचा भने अडिक रहन सकेन । हालै फिल्म ‘राधे’को ट्रेलरमा सलमानले अभिनेत्री दिशा पटानीसँग चुम्बन गरेको दृश्यले सबैलाई छक्क पारिदिएको छ । आफ्नो बाचा सलमानले आफै तोकेको भन्दै भारतिय मिडियामा उनको चर्चा भइरहेको छ ।

यस विषयमा अभिनेता सलमानले मुख खोलेका छन् । उनले आफूले चुम्बन नगर्ने वाचा नतोडेको बताएका छन् । उनले भारतीय मिडियासँग कुरा गर्दै चुम्बनका बारेमा भनेका छन्,‘मैले दिशालाई होइन, उनको मुखमा लगाइएको टेपलाई चुम्बन गरेको हुँ । म यो वाचा तोड्ने पक्षमा छैन । सायद, अर्को चलचित्रमा तपाइले नायिका र मेरो विचमा ठूलो पर्दा देख्न सक्नुहुनेछ ।’

आफुले चुम्बनको सिन दिदा अभिनेत्री दिशाले मुखमा टेप लगाएको सलमानले बताएका छन् । उनले भने,‘ यो फिल्ममा दिशा र उनीविच मेरो चुम्बन आवश्यक थियो । मैले चुम्बनको सिन दिन तयार भए तर, यसका लागि दिशाले मुखमा टेप लगाउनुपर्छ ।’

सलमानले आफ्नो स्पष्टिकरण दिदा पनि अहिलेसम्म आम दर्शकले पत्याएका भने छैनन् । प्रभु देवाले निर्देशन गरेको यो फिल्म ‘राधे’मा सलमान, दिशाको साथमा ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्म मे १३ बाट ओटीटी र केही हलमा रिलिज गरिनेछ ।