११ बैशाख २०८१, मंगलवार

सिमानाकामा नेपालीको लर्को, स्वदेश फर्किने क्रम बढ्दो

indain bodar file photo
फाइल फोटो

भारतमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढेसँगै त्यहाँ रहेका नेपालीहरू स्वदेश फर्किने क्रम बढ्दो छ। भारतका बिभिन्न सहरहरुमा कोरोनाले भयावह रूप लिएपछि रोजगारीका लागि भारत पसेकाहरु धमाधम स्वदेश फर्कन थालेका हुन्। 

यसैबिच कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको लर्को लाग्ने गरको छ ।  छिमेकी मुलुकमा कोरोना महामारीको नयाँ भेरियन्ट सहित प्रवेश गरेको दोस्रो लहर सुरु भएपछि गत वर्षको फाल्गुन महिना देखि सुरु भएको घर फर्कने क्रम बैशाख महिनाको अन्तिम सम्म आउँदा पनि रोकिएको छैन । 

दुई महिना अघिबाट सुरु भएको घर फर्कने क्रम अहिले पनि पुरानै अनुपातले चल्दै गएको छ । जिल्लाको गड्डाचौकी नाकाबाट दैनिक रुपमा नेपाल प्रवेश गर्ने नेपाली नागरिकको संख्या कम भएपनि सरदर रुपमा भने कुनै दिन बढी कुनै दिन कम भएको गड्डाचौकी हेल्थ डेस्कका सामान्य चिकित्सा प्रेम सिंह भण्डारीले बताए ।

उनका अनुसार गड्डाचौकी नाकाबाट हाल दैनिक रुपमा दुई तिन सय जना सरदरको रुपमा नेपाल प्रवेश गर्ने गरेका छन् । “गएको महिनाको दिनमा केही धेरै नेपाली नागरिक भारतबाट फर्किने गरेका थिए। बिहान सिमाक्षेत्रमा निकै भिड लाग्ने गरेको थियो ।” सामान्य चिकित्सा भण्डारीले भने, “अहिले भने कोरोना महामारीको कारणले मुलुक भित्र तथा बाहिर बन्द भएको अवस्था पनि छ, तरपनि भारतबाट नेपाल फर्किने नेपालीको सङ्ख्या कुनै दिन धेरै कुनै दिन थोरै हुँदै आएका छन्, फर्किने क्रम भने रोकिएको अवस्था भने छैन ।”

छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो महामारी सुरु भएपछि फाल्गुन महिनाको २४ गतेबाट गड्डाचौकीमा नेपाल आउने नेपाली नागरिकको सामान्य स्वास्थ्य परिक्षण गर्न सुरु गरिएको थियो । फाल्गुन महिनाको अन्तरालमा भने गड्डाचौकी नाकाबाट दैनिक रुपमा एक अजार देखि प्रन्ध्र सय नेपाली नागरिक पनि स्वदेश फर्किने गरेको अवस्था थियो । तर अहिले भने स्वदेश फर्कने नेपाली नागरिको सङ्ख्मा कमी आएपनि दैनिक रुपमा आउने क्रम जारी रहेको उनले बताए । यसैगरी मंगलबार (अर्थात) आज  गड्डाचौकी नाकाबाट  २ सय ६२ जना नेपाली नागरिक स्वदेश फर्किएका थिए । 

“भारतमा कोरोना महामारीको बढ्दो प्रभाव बिच रोजगारी गुमेपछि नेपालीहरु घर फर्किने क्रम चलिरहेको छ सामान्य चिकित्सा भण्डारीले भने, “सामान्य रोजगारी भएपनि गरौला भनेर भारत पसेका नेपाली नागरिक दिन प्रतिदिन गड्डाचौकी सिमानाका हुँदै स्वदेश फर्किनेक्रम जारी छ ।” 

गड्डाचौकी नाकाबाट कोरोना महामारी सुरु भएयता हाल सम्म झण्डै २८ हजार नेपाली नागरिक स्वदेश फर्किसकेका छन् । भारतको कोरोना गस्त क्षेत्र मुख्य गरेर भारतको राजधानी नयाँ दिल्ली, हरियाणा, पञ्जाब महाराष्ट्र, लगायत भारतका ठूला शहरबाट नेपाली नागरिक घर फर्किरहेका हुन् । कोरोना महामारीको संक्रमण बढ्दै जाँदा भारतका विभिन्न क्षेत्रमा पनि निषेधआज्ञा लगाइएको छ ।

निषेधआज्ञा पछि रोजगारी गुमेपछि सामान्य खाना खान पनि समस्या हुने अवस्था आएपछि कोरोना संक्रमण तथा बेरोजगारीका कारण घर फर्किनुपरेको उनिहरुको दुखेसो छ ।  गत वर्षको कोरोनाको सुरुको लहरमा पनि रोजगारी गुमाएर नेपाली नागरिक स्वदेश फर्केका थिए ।