१६ चैत्र २०८०, शुक्रबार

फ्रन्टलाईनमा काम गर्ने प्रहरीमा कोरोना संक्रमण बढ्दो

prahari 750x375 1

कोरोना महामारी नियन्त्रणमा फ्रन्टलाईनमा रहेर काम गरिरहेका प्रहरीहरु संक्रमित हुन थालेका छन् ।

अहिले सम्म प्रदेश २ मा २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबारसम्म दोस्रो चरणको कोरोना संक्रमणमा अहिले सम्म २० प्रहरी र ७३ जना थुनुवा कोरोना संक्रमित भइसकेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । महोत्तरी बाहेक प्रदेशका ७ वटै जिल्लाका प्रहरी कर्मचारी संक्रमित भएका छन भने ती प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाहरुमा समेत संक्रमण तिव्र रुपमा फैलिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका ्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी बारा जिल्लामा ६ जना प्रहरी कोरोना संक्रमित भएको छ । त्यस्तै, पर्सामा ५,सर्लाहीमा ४, सिरहामा २ र सप्तरी, धनुषा तथा रौतहटमा १÷१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पर्साका एक प्रहरी कर्मचारीको अक्सिजन लगाएर उपचार भइरहेको छ भने अन्य जिल्लाका संक्रमित प्रहरी र थुनुवाको अवस्था सामान्य रहेको छ र उनीहरुको सम्बन्धित कार्यालयकै आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।