१३ बैशाख २०८१, बिहीबार

कैलालीमा जेठ ६ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो, निषेधाज्ञा थप कडाई गरीने

dao kailali final

कैलालीमा जारी निशेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ । कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र बैशाख २३ गतेदेखि बैशाख मसान्त सम्म निषेषज्ञा जारी गर्ने निर्णय भएको थियो । सोमबार कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले सो निर्णय गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीब्र रुपमा बढ्दै गइरहेको र दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै जिल्लास्थित अस्पतालहरुको क्षमताभन्दा बढी मानिसहरु अस्पतालमा उपचारार्थ आइरहेको र संक्रमण जोखिम बढ्दै गइरहेको भन्दै थप निशेधाज्ञा लम्ब्याइएको बताइएको छ ।

निषेषधा थप कडा पारिने भन्दै १५ बुँदा निर्णय गरिएको हो ।