१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा २८ सांसद अनुपस्थित (सूचीसहित)

oli kp baa

नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गर्दै संसद बैठकमा अनुपस्थित भएका छन् ।

संसदीय दलको ह्वीपविपरीत माधव नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन् ।

अनुपस्थितिमा अधिकांश एमालेकै माधव नेपाल समूहका सांसद रहेका छन् ।  ओली संसदमा भएको परीक्षणमा विश्वासको मत लिन असफल भएका छन् ।

एमाले मुख्य सचेतक विशाल भट्टराइले आफ्नो दलका सबै सांसदलाई संसद् बैठकमा उपस्थित भएर विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गरेका थिए। असन्तुष्ट समूहका सांसदहरूले विश्वासको मतमा सहयोग नगर्ने आशङ्काबीच भट्टराईले सांसदहरूलाई राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानबारे पनि ध्यानाकर्षण गराएका थिए।

प्रतिनिधिसभामा नेपाली काङ्ग्रेस (६३ सांसदमा दुई निलम्बित) र नेकपा माओवादी केन्द्र (४९ सांसद) ले यस अघिनै ओलीलाई समर्थन नगर्ने निर्णय गरिसकेका थिए।

जनता समाजवादी पार्टी नेपालका कुल ३४ सांसद छन् जसमध्ये दुई जना अहिले निलम्बित छन्।

आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त भयो भने  तटस्थ १५ जना रहे । सदनमा जम्मा २३२ सांसद उपस्थित रहे ।

अनुपस्थित हुने सांसदहरू:

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४. कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. कलिला खान

२७. लक्ष्मीकुमारी चौधरी

२८. मुकुन्द न्यौपाने