८ बैशाख २०८१, शनिबार

टप ७ बाटै बाहिरिए आर्थर गन

030b0892 03a1 4294 b654 36ed6a7a8d3e

नेपाली मुलका गायक दिवेश पोखरेल (आर्थर गन ) अमेरिकन आइडलको टप सातबाटै बाहिरिएका छन्।

गतवर्षको १८औं सिजनमा अमेरिकन आइडलको उपविजेता बनेका दिवेश सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजापछि टप ७ बाट माथि बढ्न सकेनन्। सार्वजनिक भएको भोटिङको नतिजाबाट उनी टप ५ मा ठाउँ बनाउन असफल भए ।

गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएकाे थियो। उनले पनि साेही अभिप्रायका साथ यस सिजनमा सहभागीता जनाएका हुन्।

अघिल्लो सिजनमा रनर अप बनेका उनलाई अझसम्म पनि कुनै रेकर्ड लेबलले पत्याएका थिएनन् । महामारीका कारण पर्याप्त स्टेज पनि नपाएको भन्दै अमेरिकन आइडल आयोजकले उनलाई यो संस्करणमा प्रतिस्पर्धा गर्ने मौका दिएका थिए ।

‘कमब्याक’ प्रस्तुति मार्फत टप १० मा छिरेका आर्थरले डिज्ने थिममा ‘कोको’ फिल्मको ‘रिमेम्बर मी’ गाएर टप ७ मा छिरेका थिए । तर, आइतबार मदर्स डे स्पेसल इपिसोडमा उनले गाएको गीतले उनको फ्यान रिझिएनन् । दुई जना एलिमिनेट हुनु पर्नेमा आर्थर गन एक रहे ।

यसरी दोस्रो मौका पाएका ८ जनालाई भोटिङमा उछिन्दै उनले टप १० मा ठाउँ बनाएका थिए । आइडलका अनुसार यो चरणमा उनले सबैभन्दा ज्यादा भोट पाएका थिए । नेपालमा दुई एल्बम र केही एकल गीत निकालेर अमेरिका पुगेका आर्थर गतसालको अमेरिकन आइडलको उपविजेता बनेका थिए । गत साल जस्ट सामले १८ औं संस्करणको अमेरिकन आइडलको उपाधि जितेकी थिइन् ।