१३ बैशाख २०८१, बिहीबार

विश्वासको मतमा जसपा विभाजित : महन्थ पक्ष तटस्थ रहने, यादव पक्षले हुन्न भन्ने

Upendra Yadav
फाइल फोटो

प्रधानमन्त्रीको विश्वासको मतको पक्ष वा विपक्षमा उभिने विषयमा जसाप विभाजित भएको छ । प्रस्तावमाथि छलफलमा भाग लिँदै जसपाका दुई अध्यक्षले फरकफरक धारणा राखेका छन् ।

अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग अझै सम्बोधन हुन नसकेको भन्दै प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत नदिने घोषणा गरे । उनले भने, ‘हामी भन्न चाहन्छौँ, हाम्रा माग सम्बोधन भएको छैन । यस्तो अवस्थामा हामी प्रस्तावको पक्ष वा विपक्षमा कतै पनि छैनौँ ’

तर अर्का अध्यक्ष उपेन्द्र यादवले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताएका छन् । उनले महन्थको तटस्थ रहने भनाइलाई समर्थन गरेनन् । उनले ओलीसँग यो संसदसँग विश्वासको मत माग्ने नैतिकता नै नभएको दाबी गरे । यादवले ओलीले स्वइच्छाचारी रुपमा शासन गरेकाले उनलाई कुनै हालतमा मत दिन नसकिने बताए । संसदमा देखिएको जसपाको यस्तो दुई धारसँगै पार्टी विभाजनलाई थप बल पु¥याएको छ ।