१५ चैत्र २०८०, बिहीबार

कैलालीका विभिन्न ठाउँबाट अनावश्यक रूपमा भण्डारण गरिएका ५२ सिलिण्डर जफत

jafat1 20210510164318

कैलाली प्रहरीले विभिन्न स्थानबाट अक्सिजन ग्यास सिलिण्डर जफत गरी सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको छ।

धनगढीका विभिन्न ग्यारेज र वर्कसपमा अनावश्यक रूपमा भण्डारण गरिएका ५२ थान सिलिण्डर जफत गरी सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढी उप–महानगरपालिका, सरकारी तथा गैरसरकारी निकाय र अन्य विभिन्न संघ संस्थाहरूसँगको समन्वयमा अक्सिजन ग्यास सिलिण्डर जफत गरिएको जनाएको छ ।