१४ बैशाख २०८१, शुक्रबार

पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ

Shibamaya Tumbahanfe

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् ।

तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।

तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । कानून मन्त्रालय पूर्वएमालेले पाएको छ ।