१४ बैशाख २०८१, शुक्रबार

तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिने, महन्थ ठाकुरले बैठक सञ्चालन गर्ने

Shibamaya Tumbahanfe

उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले आजै राजीनामा बुझाउने तयारी गरेकी छन् ।

संसद सचिवालय स्रोतका अनुसार उनले आज प्रतिनिधि सभा बैठक सुरू हुनुभन्दा अगाडि नै राजीनामा दिन लागेकी हुन्।

संसदको बैठक १ बजे बस्दैछ।

संसद बैठक सुचारू हुनुभन्दा पहिला राजीनामा दिने संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार ।

आजको बैठक संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ।

उपसभामुख तुम्वाहाङ्फेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार उपसभामुखले केहीबेरमा राजीनामा दिने तयारी छ ।

यसअघि नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए।

बैठकले उपसभामुखबाट तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय पनि गरेको थियो।