१२ मंसिर २०७८, आईतवार

कोरोनाबाट सप्तरीका शिक्षकको मृत्यु

corona death

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ ।

उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो । सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिनुभयो ।

वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ ।