११ बैशाख २०८१, मंगलवार

कोरोना संक्रमणबाट २८ वर्षीय स्वास्थ्यकर्मीको अस्पतामा भर्ना गरिएको दिननै मृत्यु

bpkhis
फाइल फोटो

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको हिजो साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सप्तरीको महादेवा–६ घर भएका रेडियोग्राफरको दिसा पातलो हुने, ज्वरो आउने लगायतको समस्या भएपछि हिजो अस्पतामा भर्ना गरिएको थियो ।

प्रतिष्ठानका सह– प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार दिउँसो एक्कासी श्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कुनै रोग नभएका उनलाई मृत्युपश्चात पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

यसअघि प्रतिष्ठानकै एक महिला कर्मचारीको मृत्यु भएको थियो । यससँगै प्रतिष्ठानमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ ।