१४ बैशाख २०८१, शुक्रबार

दैलेखमा मंगलबार देखि निषेधाज्ञा

dao dailekh

दैलेखमा बैशाख २१ गते मंगलबार देखि निषेधाज्ञा जारी गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण र सोको नयाँ भेरियन्ट नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा दैलेख जिल्लामा समेत संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गर्नेगरी कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, डिसीएमसी निर्णय अनुसार बैशाख २१ गते राति १२ बजे देखि लागु हुने गरी १ हप्ता निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुलेलले बताए ।

दैलेख जिल्लाभर लागू हुने गरी अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा, सवारी साधन, पसल तथा व्यवसाय र आवश्यक बाहेकको कामकाजका लागि हुने हिंडडुलमा समेत निषेध गर्ने जिल्ला प्रशासन दैलेखको आदेशमा सुचित गरिएको छ ।

प्रशासनद्धारा जारी निषेधाज्ञाको आदेश:

dailekh dao