२६ बैशाख २०८१, बुधबार

१३ बर्षियालाई जबरजस्ती गरेको आरोपमा पुरुष पक्राउ

rape accused dailekh

दैलेखमा जबरजस्ती करणीको आरोपमा २८ बर्षिय पुरुष पक्राउ परेका छन् ।

जिल्लाको दुल्लू नगरपालिका वडा नं ।९ का २८ बर्षिया तेजबहादुर रोकायाले नजिकै की १३ बर्षिया बालिकालाई बैशाख १६ गते घर नजिकैको जंगलमा काफल खाना गएको अवस्थामा हातले मुख थुनेर जवरजस्ती करणी गरेको भन्ने सुचनाको आधारमा आइतबार निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) अनुपम श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार पिडितको तर्फबाट आमाले दिएको जाहेरी दरखास्तको आधारमा रोकायालाई पक्राउ गरी जिल्ला अदालत दैलेखबाट १० दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको छ ।