१५ चैत्र २०८०, बिहीबार

लिङ्गे पिङबाट लडेर एक युवकको निधन

ping

लिङ्गे पिङबाट लडेर दैलेखमा १८ वर्षीय युवकको निधन भएको छ । नारायण नगरपालिका-६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर नारायण नगरपालिका-६ का १८ वर्षीय नवराज बोगटीको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

पिङ खेल्न सुरु गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका उनी एक्कासी पिङबाट लडेका थिए । स्थानीयले उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगेको भए पनि उपचारकै क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले बताए ।