२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले भने : निर्मला पन्तका हत्यारा अब उम्किँदैनन्

KP Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा अब उम्किन असम्भव भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसअघि निर्मला हत्या प्रकरणका दोषीलाई जोगाउन र पक्राउ परिसकेका व्यक्तिलाई छुटाउन र घटना बिथोल्न अनेकौँ प्रयास भएको उल्लेख गर्दै अब निर्मला हत्याका दोषी नउम्कने बताए ।

‘निर्मला हत्याकाण्डका दोषी अब उम्कन सम्भव छैन’, प्रधानमन्त्री ओलीले भने, ‘दोषीले अब कानुनको कठघरामा उभिनै पर्नेछ ।’ अहिले शान्तिसुरक्षाको अवस्था राम्रो रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले सरकार छ र हामी सुरक्षित छौँ भन्ने भावना नागरिकमा विकास भएको दावी गरे ।