८ बैशाख २०८१, शनिबार

आर्मीलाई हराउँदै मछिन्द्र ए डिभिजन लिगको नयाँ च्याम्पियन

machindra

शहीद स्मारक ए डिभिजन लिगको उपाधि सान मिगेल मछिन्द्र क्लबले पहिलो पटक जितेको छ ।

सानमिगेल मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको हो ।
शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । फाइनल सरह रहेको अन्तिम खेलमा मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो ।

३३ औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । उनको फ्रिकिक विकास तामाङलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो । बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाईते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो । खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो ।

जितसँगै मछिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो । उपाधि जित्ने क्रममा मछिन्द्रले आर्मीलाई २ अंकले पछि पार्यो । अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो ।