fbpx
३ जेष्ठ २०७८, सोमबार

स्वर्गद्वारी जीप दुर्घटना: मृतकको संख्या पाँच पुग्यो

नयाँ वर्षको दिन स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृत्यु हुनेमा खरिदारदेखि अधिकृतसम्म छन्। स्याङ्जा स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी छन्।

गाडी चालक र प्रशासकीय अधिकृतको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा र अन्य तीनजनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी नायव निरीक्षक ९सई० बुद्धिप्रसाद रानाले जानकारी दिए । गुल्मीको तम्घासदेखि स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेको लु. १ च १६५५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका ३ रूमालेमा दुर्घटना भएको हो।

बसलाई ओभरटेक गर्न खोज्दा जिप सडकदेखि करिब ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा १२ वर्षीय पार्थक ज्ञवाली र प्यूठान स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दिप परियार छन् ।

त्यस्तै, २३ वर्षीय सुनिता कँडेल, २९ वर्षीय वसन्ती पौडेल, उनकी ४ वर्षीय छोरी निकिता पौडेल, ३० वर्षीय गीता मुखियाँ उनकी १२ वर्षीय छोरा अनिस मुखियाँ, २४ वर्षीय तारा भडारी बोहरा, उनकी ६ वर्षीय छोरा आशिष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीय कमला ज्ञवाली र २५ वर्षीय मुना पाण्डे छन् ।