७ बैशाख २०८१, शुक्रबार

भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल

india nepal border
फाइल फोटो

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ ।

पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताउनुभयो ।

उहाँका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवत जावत गर्न पूर्ण रोक लगाइएको छ ।