७ बैशाख २०८१, शुक्रबार

काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तुको निर्यात आयातभन्दा चार गुणा बढी

kakadbhitta 1024x575 1

पूर्वी नाका झापाको काँकडभिट्टाबाट आयातको तुलनामा कृषिजन्य वस्तुको निर्यात चार गुणा बढी भएको छ ।

क्वारेनटिन कार्यालय काँकडभिट्टा तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७७–७८ मा रु चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने १ अर्ब १९ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको छ ।

आर्थिक वर्ष २०७६–७७ मा रु पाँच अर्ब २६ करोड चार लाख मूल्यको सामग्री निर्यात भएको थियो भने रु २ अर्ब ९९ करोड ४ लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ को सङ्क्रमणकालीन अवस्थामा निर्यात बढी देखिनुमा अन्तर्राष्ट्रिय बजारमा कृषिजन्य वस्तुको मूल्य बढ्नु मुख्य रहेको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देवेन्द्र साहुको भनाइ छ ।

पूर्वी नाका हुँदै भारत र बङ्गलादेशमा सबैभन्दा बढी अलैँची, अदुवा, अम्लिसो, चिया, चिराइतो, जटामसी, अमला, मजिठो, रिट्ठा, मुसुरो दाललगायतका कृषिजन्य वस्तुको निर्यात हुने गरेको उनले उहाँले बताउनुभयो ।