८ बैशाख २०८१, शनिबार

आइपीएल : दिल्लीसँग चेन्नेई पराजित

freepressjournal 2021 04 c09c1a5b 20fa 41b4 9fca e0f7fccc458d dl csk

इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नेईलाई हराएको छ ।

गएराति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले पराजित गरेको हो । चेन्नेईले दिएको १८९ रनको लक्ष्य दिल्लीले ३ विकेट गुमाएर ८ बल बाँकी छँदै भेट्टायो । उसका लागि शिखर धवनले ८५ र पृथ्वी शाले ७२ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । उसका लागि सुरेश रैनाले ५४, मोइन अलिले ३६ र साम कुरानले ३४ रन बनाए । जितसँगै दिल्ली २ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि नेट रनरेटका आधारमा बेंग्लोर दोस्रो स्थानमा छ । आइपीएलमा आज हैदरावाद र कोलकत्ता खेल्नेछन् ।