७ बैशाख २०८१, शुक्रबार

चितवन प्रहरीद्धारा एक महिनामा १७१ फरार प्रतिवादी पक्राउ

chitwan police office
फाइल फोटो

जिल्ला प्रहरी कार्यालय चितवनले चैतमा मात्रै १७१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतले कैद र जरिवाना तोकेपछि फरार भएका १७१ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको हो।

पक्राउ परेका प्रतिवादीहरु सार्वजनिक अपराध, लागुऔषध, चोरी, सवारी ज्यान, वन तथा राष्ट्रिय निकुञ्ज, हातहतियार खरखजाना, कुटपिट र कालोबजारी लगायत मुद्दाका अभियुक्त हुन्। उनीहरुबाट १८ वर्ष तीन महिना पाँच दिन कैद र सात लाख ७५ हजार ४३० रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

पक्राउ परेकाहरुमा कुटपित र सवारी ज्यान मुद्दा २३ वर्षदेखि फरार रहेका समेत छन्। चितवन प्रहरीले चालू आर्थिक वर्षको हालसम्म ३८६ फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। उनीहरुबाट ५१ वर्ष तीन महिना कैद र ३२ लाख ६२ हजार २०६ रुपैयाँ जरिवाना असुलिएको छ। गत आर्थिक वर्ष २०७६र७७ मा १७४ जना फरार प्रतिवादीहरु पक्राउ परेका थिए।