१४ बैशाख २०८१, शुक्रबार

कोरोनाको दोश्रो चरणको नियन्त्रणका लागि स्वास्थ्य मापदण्डमा कडाइ गरिने

office of prime minister and council of nepal ghatana

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी ) ले कोरोनाको दोश्रो चरणको नियन्त्रणका लागि स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको सीसीएमसी बैठकले अहिलेको कोरोनाको अवस्थामा छलफल गर्दै स्वास्थ्य सावधानीका साथै मापदण्डमा कडाई गर्ने निर्णय गरेको हो । बैठकपछि मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले निगरानी सतर्कताका बिषयमा जोड दिदै स्वास्थ्य मापदण्डमा कडाई गर्न अपिल गर्ने निर्णय भएको बताउनुभयो । त्यस्तै कोरोना नियन्त्रणमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने निर्णय भएको उहाले बताउनुभयो । उहाले अहिले नै कुनै कडा कदम चाल्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । उहाले बिद्यालयर रात्रीकालिन लगाएतका केहि क्षेत्र बन्द गर्ने चर्चा चलेपछि मापदण्ड पालना गराउने बिषय नै प्रमुख भएको बताउनुभयो । बैठकले कोरोना फैलन नदिन नाका–नाकामा थप सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ ।