१५ चैत्र २०८०, बिहीबार

आइपीएल–१४ मा बेंगलोरले रोमाञ्चक विजयी सुरुवात, डिभिलियर्सले दिलाए जीत

RCB IPL 2021 Opening Match

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ ।
गएराति भएको खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्‍यो । बैंगलोरका लागि एवी डेवीलियर्सले सर्वाधिक ४८ रन जोडे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले ३९ रन जोडे । उनले २८ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ३९ रन जोडेका हुन । त्यस्तै कप्तान विराट कोहली ३३ रनमा पेभेलियन फर्किए । उनले २९ बलमा ४ चौका सहित ३३ रनको पारी खेले । खराब सुरुवात गरेको बैंगलोरका लागि कोहली र म्याक्सवेलले ५२ रनको साझेदारी गरेका थिए। वासिङटन सुन्दर १०, रजत पटिदरले ८ र क्ले जेमसनले ४ रनको योगदान दिए ।

मुम्बईका लागि मार्को जेनसन र जसप्रित बुम्राहले समान दुई(दुई विकेट लिए । कुर्नाल पाण्डेय, ट्रेन्ट बोल्टले एक(एक विकेट लिए। यसअघि, पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो । मुम्बईका क्रिस लिन अर्धशतक बनाउनबाट एक रनले चुकेका थिए । ४९ रन बनाएर खेल्ने क्रममा उनी वासिङटन सुन्दरको बलमा क्याच हुँदै पेभिलियन फर्किए ।