७ बैशाख २०८१, शुक्रबार

‘प्रेमगन्ज’मा जोडिइन सम्पदा

71270825 2776214385735500 4416773474752659456 n

चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकारमा अर्की नायिका सम्पदा बानियाँ छनौट भएकी छन् । यस अघि अडिसन मार्फत केही कलाकारहरु छनौट भएका थिए ।

फिल्ममा नयाक तेज गिरी र नायिकामा बेनिशा हामाल संगै सम्पदा पनि छनोट भएको बतााईएको छ । यस फिल्म त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए ।

यसअघि नै फिल्मकालागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन् । यस फिल्ममा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली, गिता अधिकारी लगाएतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका हुन् ।

बिगत २५ बर्ष देखि नेपाली फिल्म जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका यो फिल्मत्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो फिल्म बैशाख पहिलो साताबाट छायांकनमा जाने वताईएको छ ।