१३ बैशाख २०८१, बिहीबार

बुद्धकृष्ण वाग श्रेष्ठ नै आठौँपटक जिब्रो छेड्ने

1 172021 04 10 09 25 34

थिमिको बोडेमा मनाइने जिब्रो छेड्ने प्रसिद्ध जात्रामा यसपटक पनि बुद्धकृष्ण वाग श्रेष्ठले नै जिब्रो छेडाउने भएका छन् । यो उनको आठौँपटक हो ।

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले यसपटक पनि ४८ वर्षीय श्रेष्ठले जिब्रो छेडाउने जानकारी दिए । यो जात्रा वैशाख २ गते पर्छ ।

नगरपालिकाले जात्राका लागि आर्थिक सहयोग पनि गर्ने निर्णय गरेको छ । थिमिको सिन्दूरे जात्रा र महालक्ष्मी स्थानमा लिङ्गो ठड्याउने जात्रासँगै यो जात्राको पनि महत्व छ ।