७ बैशाख २०८१, शुक्रबार

नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने

gandaki pradesh

नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका हुन् ।

बुधबार विहान बसेको माओवादी संसदीय दलले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिएका छन् । माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिने सांसदले बताए ।

सत्ता समीकरणको प्रयासपछि मात्र समर्थन फिर्ता लिने एक सांसदले बताए ।