१५ चैत्र २०८०, बिहीबार

दुबईबाट लुकाएर ल्याएको १ किलो सुनसहित धनुषाको एक जना पक्राउ

sun 750x375 1

दुबईबाट राइस कुकरमा लुकाएर ल्याएको सुनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थलबाट मंगलबार राति करिब एक किलो सुनसहित धनुषाका प्रकाश महरा पक्राउ परेका हुन् । महरालाई विमानस्थल प्रहरी र विमानस्थल भन्सारको संयुक्त अप्रेसन टोलीले पक्राउ गरेको विमानस्थल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो। कुकरको तौल शंकास्पद देखिएपछि प्रहरीले कुखुर खोलेर हेर्दा सुन भेटिएको थियो । सुन भन्सारको जिम्मा लगाइएको रमहरामाथि प्रहरीले अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ ।