११ बैशाख २०८१, मंगलवार

निजामती प्रशासन अझैसम्म ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन सकेको छैन: उपप्रधानमन्त्री

ishowr pokhrel
फाइल फोटो

उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन अझैसम्म झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको बताएका छन् ।

बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामति सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले निजामति प्रशासनमा ‘झिङ्गे टसाई’ सोच प्रमुख समस्याको रुपमा रहेको बताएका हुन् ।

उनले भने, ‘समयको गतिसँगै निजामति प्रशासन परिवर्तन हुन सकेको छैन । निजामति प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गर्छ ।’

उपप्रधानमन्त्री पोखरेलले कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि बताएका छन् ।