१३ बैशाख २०८१, बिहीबार

मिसेस श्रीलङ्काः मञ्चमै झगडा परेपछि उपाधि विजेता प्रतियोगी ‘घाइते’- (भिडिओसहित)

sir

यसैहप्ताको आइतबार राति सम्पन्न मिसेस श्रीलंकाको मञ्चमै झगडा भएको छ।

विजेता प्रतिस्पर्धीको शिरमा पहिराइएको ताज नै खोसेर फर्स्ट रनरअपलाई लगाइ दिएपछि विवाद भएको हो।

आइतबार पुष्पिका डिसिल्भाले ‘मिसेस् श्रीलङ्का’को उपाधि जितेकी थिइन् । त्यसको केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसिन् ।

यसरी मञ्चमै झगडा भएपछि विजेता पुष्पिका भिसिल्भाको शिरमा चोट लागेको बीबीसीले जनाएको छ।

विजेता घोषणा भएको केही बेरमै सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसेर सेकेन्ड रनरअपलाई लगाइदिएकी थिइन्।

आफ्नो ताज स्टेजमै खोसिएपछि डिभिल्भा रुँदै स्टेजबाट बाहिरिएकी थिइन्।

सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिइन नहुने ती पूर्वविजेताको भनाइ थियो।

वास्तवमा यस सुन्दरी प्रतियोगितामा विवाहित तथा सम्बन्धविच्छेद नभएकी महिलाले मात्र भाग लिन पाउँछन्। तर सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै उनलाई दिइएको उपाधि पूर्वविजेताले खोसेकी थिइन्।

तर यतिबेला डिसिल्भाको सम्बन्धविच्छेद नभएको पुष्टि भएको भन्दै आयोजकहरूले उक्त उपाधि डिसिल्भालाई फिर्ता दिएका छन्।

आफू छुट्टै बसे पनि सम्बन्धविच्छेद नभएको बताउने डिसिल्भासँग आयोजकहरूले माफी मागेका छन्।

फेसबुक पोस्टमा डिसिल्भाले टाउकोमा लागेको चोटका कारण आफू अस्पताल जानुपरेको उल्लेख गरेकी छन् । आफूमाथि भएको अनुचित र अपमानजनक व्यवहारका लागि कानुनी कदम चाल्ने पनि उनले बताएकी छन्। ‘श्रीलङ्कामा मजस्तै कैयौँ एकल आमाहरू छन् जो पीडित छन्,’ उनले एउटा पत्रकार सम्मेलनमा भनिन्। ‘यो ताज ती महिलाहरूलाई समर्पित गर्न चाहन्छु, ती एकल आमा जसले आफ्ना बच्चाहरूलाई एक्लै हुर्काउन दुःख गरिरहेका छन्। ‘मिसेस श्रीलङ्का’का राष्ट्रिय निर्देशकले मङ्गलवार डिसिल्भालाई ताज फिर्ता दिइने बताए।

‘हामी निराश छौँ,’ उनले भने। ‘मञ्चमा क्यारलाइन जुरीले जुन व्यवहार गरिन त्यो अपमानजनक थियो र मिसेस वर्ल्ड संस्थाले यो विषयमा छानबिन सुरु गरिसकेको छ।’प्रहरीले जुरीसँग सोधपुछ गरिरहेको छ।

‘मिसेस श्रीलङ्का’ उक्त देशको प्रमुख सौन्दर्य प्रतियोगितामध्ये एक हो। यसपालि देशका प्रधानमन्त्रीकी पत्नी पनि अतिथिका रूपमा उपस्थित थिइन्।

    सम्बन्धित समाचार...