१४ बैशाख २०८१, शुक्रबार

सुनको मूल्य बढ्यो

gold

मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।