१५ चैत्र २०८०, बिहीबार

जेलबाट १८०० कैदी भागे

Nigeria Jail 750x375 1

नाइजेरियाको एउटा जेलबाट एक हजार आठ सय कैदीहरु भागेका छन् ।

पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेका हुन् । सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ३५ जना जेलबाट भाग्न अस्वीकार गरेको र भागेकाहरुमध्ये ६ जना जेलमै फर्किएका छन । प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द इन्डिजिनियर पिपल अफ बियफ्राले आक्रमण गरेको आरोप लगाएको छ । तर सो समूहले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।