१३ बैशाख २०८१, बिहीबार

‘कबड्डी ४ : द फाइनल म्याच’मा मिरुना र गौमाया

miruna gaumaya

लोकप्रिय फिल्म ‘कबड्डी-४ दी फाइनल म्याच’मा दुई नायिका पक्का भएका छन्। केही समय अघि नै निर्माण घोषणा गरिसकेको टोलीले नायिका मिरुना मगर र गौमाया यात्रीलाई अनुबन्धन गरेको हो।

दुबै अभिनेत्री दुईसाता अघि बेलायतबाट काठमाडौं आएर क्वारेन्टिनमा बसेका थिए ।

निर्माता तथा निर्देशक रामबाबु गुरुङले यस फिल्मलाई ‘कबड्डी’को अन्तिम सिक्वेल भनिसकेका छन्। नायिका मिरुनाले केही फिल्ममा काम गरिसकेकी छन् भने गौमायाको यो ‘डेब्यू’ फिल्म हुनेछ। गौमाया ‘भ्लगर’ हुन्।

गौमाया पछिल्लो समय भ्लगिङमार्फत विश्वका विभिन्न मुलुकमा नेपाली संस्कृति र भाषा प्रवद्र्धनमा सक्रिय छिन् । यसअघि दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि गुरुङ, पुष्कर गुरुङ, कविता आले तय भैसकेका थिए ।

यी दुईबाहेक अन्य कलाकार भने पुरानै दोहोरिनेछन्। यसअघि नायिकाको भूमिका निर्वाह गरेका रिश्मा गुरुङ र उपासना सिंह ठकुरी फिल्ममा रहने या नरहने भने टुङ्गो लागेको छैन।

असोज १५ गते रिलिज तयारी गरिएको छ । छायांकनमा जानुअघि सबै कलाकारको पीसीआर परिक्षण गरिने भएको छ । कोरोना नेगेटिभ देखिए मात्र छायांकन सुरु हुने जनाइएको छ ।

यो फिल्मको टोली बैशाखबाट छायांकनमा जाने तयारीमा रहेको छ। फिल्मको नाम ‘कबड्डी ४ : द फाइनल म्याच’ राखिएको छ ।