१३ बैशाख २०८१, बिहीबार

‘फूलबुट्टे सारी’ संस्कृत भर्सनमा पनि सार्वजनिक (भिडियाेसहित)

fulbutte1617360580 9Qvfpazy1F

पछिल्लो समय निक्कै चर्चामा रहेको ‘फूलबुट्टे सारी’ बाेलकाे गीतको संस्कृत भर्सन सार्वजनिक भएको छ ।

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको चर्चित गीत ‘फुलबुट्टे सारी’को संस्कृत भर्सन सार्वजनिक भएको हो।

केएन स्वामीले गीतका शब्द संस्कृतमा अनुवाद गरेका हुन् भने जागरण घिमिरेले संस्कृत भर्सन गाएका हुन्। ‘केएन स्वामी अफिसियल’ नामक युट्युव च्यानलबाट संस्कृत भर्सन सार्वजनिक गरिएको छ।

पहिलो पटक झण्डै १२ वर्षअघि मार्मिक लामाको स्वरमा रेकर्ड भएको गीत करिब चार महिनाअघि पुनः रेकर्ड गरेर म्युजिक भिडियोसहित युट्युवमा सार्वजनिक गरिएसँगै गीतको चर्चा चुलिएको थियो।

हाल उक्त गीत मेल भर्सन, फिमेल भर्सन, चाइल्ड भर्सन र लेजेन्डरी भर्सनमा ‘अफिसियल्ली’ नै आइसकेको छ। मेल भर्सन मार्मिक लामाको स्वरमा रहेको छ भने फिमेल भर्सन मिलन नेवार, चाइल्ड भर्सन अरिष्मा सिवाकोटी र लेजेन्डरी भर्सन मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको छ।

उक्त गीत ‘देवीथान म्युजिक’ नामक युट्युब च्यानलबाट ‘अफिसियल्ली’ सार्वजनिक गरिएको छ।

पछिल्लो समय ‘फुलबुट्टे सारी’का अन्य भर्सनसमेत सार्वजनिक भएका छन्। युगाण्डाकी बियोन्से फामासीले ‘फुलबुट्टे सारी’को अफ्रिकन भर्सन गाएकी छन् भने लक्की सिद्धुले पञ्जावी भर्सन गाएका छन्।

१२ वर्षअघि राजनराज शिवाकोटीले गाएको यो गीत पञ्जाबी भाषामा समेत रेकर्ड भइसकेको छ । विशेषत टीकटकबाट चर्चामा आएको याे गीत र यसकाे म्युजिक भिडियाेले रिलिज भएकाे छाेटाे समयमै लाखाैँ भ्युज बटुलेकाे छ ।

अहिले याे गीत विभिन्न भर्सनमा सार्वजनिक भइरहेकाे छ ।

यस्तो छ गीतको कथा

‘फुलबुट्टे सारी’ पहिलो पटक झण्डै १२ वर्षअघि मार्मिक लामाको स्वरमा रेकर्ड भएको थियो। गीतका सर्जक राजन राज शिवाकोटीका अनुसार त्यतिबेला गीतको राम्रोसँग पब्लिसिटी हुन पाएन।

गीतको म्युजिक भिडियो बनाउने भन्दाभन्दै काम अघि बढेन, त्यत्तिकै रह्यो। शब्द र मेलोडी राम्रै भएपनि गीतले सोचेजस्तो चर्चा पाएन। अर्को शब्दमा भन्नुपर्दा गीत ‘फ्लप’ भयो।

त्यसपछि मार्मिक र राजन आफ्नो काममा व्यस्त भए। योबीचमा राजनराजले नेपाली संगीतमा कैयौँ ‘हिट’ गीत दिइसकेका छन्।

यस्तैमा एक–डेढ वर्षअघि मार्मिकले राजन राजलाई फोन गरेर भने– ‘दाई केही गरौँ न।’

मार्मिकको जोड ‘फुलबुट्टे सारी’मै थियो।

त्यतिबेलासम्म युट्युब, टिकटक लगायत सामाजिक सञ्जालमा गीत ‘भाइरल’ भइसकेको रहेछ, जुनकुरा राजन राजलाई थाहा थिएन। अरुले नै गीतको बारेमा खबर गरेपछि मात्रै उनले चाल पाए।

त्यसपछि ‘फुलबुट्टे सारी’ले पुनर्जीवन पायो। मार्मिककै स्वरमा रेकर्ड भएर लक्ष्मीपूजाको दिन गीत सार्वजनिक गरियो। गीतको चर्चा चुलियो। टिकटकमा त गीत ‘भाइरल’ नै भयो। गीतको फिमेल भर्सन पनि आवश्यक ठानेर राजन राजले मिलन नेवारको स्वरमा पनि रेकर्ड गराए।

अहिलेसम्म ‘फुलबुट्टे सारी’को फिमेल भर्सन युट्युवमा साढे चार करोडभन्दा धेरै पटक हेरिएको छ। यस्तै मेल मर्सन २ करोड २० लाख र लेजेन्डरी भर्सनको ५२ लाखभन्दा बढी भ्यूज छ।

यसका साथै विभिन्न भर्सनमा गीतको कभर गाउने त प्रतिस्पर्धाजस्तै देखिन्छ।