
धनगढीको सनराइज होटलमा मृत भेटिएका तिलक भण्डारीका आफन्त आन्दोलित भएका छन्। प्रहरीले घटनामा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै आक्रोशित बनेका उनीहरुले ट्राफिक चौराहामा सडक अवरुद्ध पार्दै सवारी साधन बन्द गरेका छन्।
सोही क्रममा प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको छ। बुधबार राति होटलमा बसेका बेला धनगढी उपमहानगरपालिका–१७ धुरजन्नाका भण्डारी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनी २ दिनदेखि होटलमै बसिरहेका थिए।
प्रहरीले घटनाको अनुसन्धानका लागि होटलमा कार्यरत युवतीलाई गएराति नै नियन्त्रणमा लिएको थियो। तर मृतकका आफन्तले घटना शंकास्पद रहेका बेला प्रहरीले दोहोरो भूमिका देखाएको आरोप लगाएका छन्। यस्तै आन्दोलनमा उत्रिएका मध्ये ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
