११ बैशाख २०८१, मंगलवार

भुसाल र पाण्डे पनि ६ महिना निलम्बन

6 montha2021 04 01 02 21 26

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।

भुसाल र पाण्डेसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री ओलीले ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुसालले जवाफ दिएका थिएनन् ।

फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिए पछि उनीहरुले त्यसको जवाफ १७ गते दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको भन्दै एमालेले कारबाही गर्ने निर्णय गरेको हो ।

यसअघि ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि निलम्बन गरेका थिए । अहिलेकै गतिविधि जारी रहे थप कडा कारवाही हुन सक्ने भएकाले सच्चिनका लागि अन्तिम मौका दिइएको निलम्बन पत्रमा उल्लेख छ ।