६ बैशाख २०८१, बिहीबार

आन्दोलन तीव्र बनेपछि धनगढीमा निषेधाज्ञा जारी

jilla prasashan kailali 20210324162658

बालिकालाई च्यापेर मार्ने ग्रेडर चालकलाई कारबाहीको माग गर्दै सुरु भएको विद्यार्थीको आन्दोलन तीव्र बनेपछि जिल्ला स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार राति ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा जारी गरिएको निषेधाज्ञा प्रशासनले धनगढीको पुरानो फुलबारी बसपार्कदेखि रातो पुलसम्म तथा सामुदायिक प्रहरी केन्द्र हसनपुरदेखि वडा नम्बर १ र २ स्थित हुलाकी राजमार्गसम्म लागू गरिएको छ ।

निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी व्यक्ति एकै साथ आवतजावत, भेला, घुमफिर गर्न र सवार चालाउन पाउने छैनन् ।

बिहीबार बिहान कालिका कन्स्टक्सनको ग्रेडरले हसनपुरमा ठक्कर दिँदा पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय चेतना साउदको निधन भएको थियो । ग्रेडरले बालिकालाई टक्कर दिएपछि ब्याक गरेर मारेको भन्दै बिहानैदेखि विद्यार्थी आन्दोलित बनेका थिए ।

newskarkahna news413560