१४ बैशाख २०८१, शुक्रबार

माधव नेपाल र भीम रावललाई कार्वाही गरेको विरोधमा धनगढीमा प्रधानमन्त्रीको पुत्ला दहन

putla dahan 20210330195806

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढीमा पुत्ला जलाएका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले भीम रावलको कार्यवाही गरेको विरोधमा पुत्ला दहन गरेको हो ।

युवा संघ नेपालका सुदूरपश्चिम अध्यक्ष बाबुराजा श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक तरिकाले नेता माधव नेपाल र भीम रावल माथि कार्यवाही गरेको विरोधमा पत्ला जलाइको बताए । ‘जनमतको भावना विपरित अध्यक्ष केपीशर्मा ओलीले नेता द्वय नेपाल र रावल माथि कारवाही गरेको छ’, उनले भने । ‘यसमा युवासंघ सुदूरपश्चिम प्रदेशको घोर आपत्ति रहेको छ ।’

पुत्ला दहनपछि युवा संघका नेताहरुले केपी शर्मा ओली मुर्दावाद भीम रावल जिन्दावाद नारा समेत लगाएका थिए । नेकपा एमालेले अध्यक्ष केपीशर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ ।

putla2021 03 30 06 35 42