
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन् । फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी गराउने उदेश्यले अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरेका हुन् । नेकपा एमालेको केन्द्रीय समिति बैठकको औचित्य र सन्दर्भ अपानीमा उल्लेख गरिएको छ ।
आन्तरिक सर्कुलरमा मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराका बीचमा सम्पन्न उक्त बैठकहरूले पार्टी जीवनमा दूरगामी महत्व राख्ने निर्णयहरू राखिएको छ ।
पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा गरिएका यी महत्वपूर्ण निर्णयहरूलाई एकरुपताका साथ आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पङ्क्तिमा यो अन्तरपार्टी निर्देशन जारी गरिएको सर्कुरमा भनिएको छ ।
बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई छाडेर एकलौटी बैठकले गरेको निर्णय सर्कुलरमार्फत ओलीले तल्लो तहसम्म पठाएका हुन् । बालुवाटारमा गुटको बैठक राखेर विधानले नै नदिएका अधिकारहरु प्रयोग गर्ने काम केपी ओली पक्षबाट भएको माधव पक्षका नेताहरुले आपत्ति जनाउँदै आएका छन् ।