१४ बैशाख २०८१, शुक्रबार

एमालेले माग्यो लेखा समितिको सभापति

parliament samsad1 1 67
फाइल फोटो

प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभाबाटै सार्वजनिक लेखा समितिको सभापति पदमा सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सांसद रहेको भनी प्रश्न उठाएको छ ।

बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्रप्रसाद गौत्तमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए ।

तर, सरकारमा गएको एक बर्षसम्म लेखा समितिको सभापति कांग्रेसले नछाडेको भनी प्रश्न गरे ।

‘आफैँ काम गर्ने, आफैँ अनुगमन गर्ने, आफैँ परीक्षण गर्ने हो ? लोकतन्त्रमा यही हुन्छ ?

यसमा सभामुखको पनि ध्यान पुगेको देखिन्न,’ उनले भने । सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।