७ बैशाख २०८१, शुक्रबार

आज दिउँसो १ बजे एमालेको स्थायी कमिटी बैठक बस्दै

cpnuml comittee baithak

विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। हिजोदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने एमालेले जनाएको छ ।

एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा हिजो भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेस भई छलफल सुरु भएको र बैठकमा छलफल जारी रहने जानकारी दिनुभयो ।