१६ चैत्र २०८०, शुक्रबार

त्रिभुवन विमानस्थलको टर्मिनल भद्रगोल, दुई दर्जन भन्दा धेरै आन्तरिक उडान स्थगित

TIA Kathmandu 4
फाइल फोटो

काठमाण्डौमा बढेको वायु प्रदूषणका कारण त्रिभुवन विमानस्थलबाट हुने दुई दर्जन भन्दा धेरै आन्तरिक उडान स्थगित भएका छन् ।

प्रदूषणका कारण भिजिविलिटी कम हुँदा त्रिभुवन विमानस्थलबाट हुने लगभग सबैजसो उडान स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ । सिमरा, भैरहवा, भद्रपुर, विराटनगर, पोखरा, नेपालगञ्ज, दाङ, धनगढी, तुम्लिङटार लगायतका गन्तव्यमा जाने दुई दर्जन भन्दा धेरै उडान स्थगित भएका छन् ।कयौँ उडानमा ढिलाइ भएको छ । धनगढीको लागि श्री एअरलाइन्सले एउटा र राजविराजको लागि बुद्ध एअरले एउटा उडान भरेको छ । आन्तरिक उडान स्थगित र ढिलाइ हुँदा विमानस्थलको आन्तरिक टर्मिनल भद्रगोल भएकोे छ । उडान हुने आशामा सयौँ यात्रु आन्तरिक टर्मिलनमा कुरेर बसेका छन् । मौसममा सुधार भएमा बेलुकीपखका उडानको भने सम्भावना रहेको विमानस्थल कार्यालयले जनाएको छ ।