१३ बैशाख २०८१, बिहीबार

शनिबार थप ८५ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

corona contract tracing

नेपालमा शनिबार थप ८५ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९३ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ७२ हजार ४३५ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल १२ सय ८८ जना आइशालेशन र ५९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ५९ हजार ४५ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।