१७ बैशाख २०८१, सोमबार

नेपाललाई झट्का कप्तान ज्ञानेन्द्र र पारस आउट

Paras Khadka Malaysia

अहिले नेपाल र ओमानबीच त्रिवि क्रिकेट मैदानमा एक दिवसीय क्रिकेट खेल भइरहेको छ। जारी खेलमा नेपाललाई झट्का लागेको छ। नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का आउट भएका छन्।

कप्तान ज्ञानेन्द्र १ रनमा क्याच आउट भए भने पारस ३ रनमा पेभिलियन फर्किएका हुन्।

ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि यो ठुलो झट्का हो।

अहिले नेपालले ७ ओभरको समाप्तमा २ विकेट गुमाउँदै ११ रन मात्र जोडेको छ भने क्रिजमा उपकप्तान दिपेन्द्रसिंह ऐरी र शरद भेषावकर रहेका छन्।