७ बैशाख २०८१, शुक्रबार

बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

durganath sharma

बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ ।

केही दिनदेखि अस्वस्थ्य रहेका शर्माको बुधबार निधन भएको हो । शर्मा नेपाल टेलिभिजनमा स्थापनाकाल देखि नै कार्यरत थिए ।

इलामको सूर्योदय नगरपालिका, फिक्कलमा जन्मिएका शर्मा नेपाल टेलिभिजनको महाप्रबन्धक समेत भएका थिए ।

त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु सम्बन्धी उपचारका क्रममा निधन भएको हो । उनका एक श्रीमती र दुई छोरा छन् ।

मधुमेह र ब्लड प्रेसरका बिरामी शर्मालाई पछिल्लो समय सुगरको पनि इन्फेक्सन भएको थियो ।

वि.स. २००४ सालमा जन्मिएका शर्माका साहित्यकार डा. तारानाथ शर्मा, चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, इन्जिनियर पुष्पनाथ शर्मा दाजुभाई हुन ।

    सम्बन्धित समाचार...