
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत दासढुंगामा आज (बुधबार) अपरान्ह कार र ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भिर घाइते भएका छन् ।
दिउँसो ४:२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको आईचर ट्रक र विपरीत दिसाबाट आउँदै गरेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा परी कारमा सवार तनँहु स्याम्घा नगरपालिका–४ बस्ने वर्ष २८ का धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने वर्ष ३१ का रामकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
दुर्घटनामा परी कार चालक लम्जुङ मध्यनेपाल नगरपालिका–७ बस्ने वर्ष ४२ का पदम सापकोटा, स्याङजा बिरुवा गाउँपालिका–३ बस्ने वर्ष ४२ का प्रसाद थापा र तनहुं ब्यास नगरपालिका–६ बस्ने वर्ष ४० को जसमान परियार घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ ।

