२९ बैशाख २०८१, शनिबार

जसपा भित्र तिव्र विवाद

jasapa 1

सत्ता साझेदारीका विषयमा प्रधानमन्त्री केपी ओलीसंग भएको छलफलका बिषयमा जनता समाजवादी पार्टी (जसपा) भित्र तिव्र विवाद भएको छ ।

जसपाका केहि नेता ओलीसंगको वार्ताका बिषयमा असन्तुष्ट देखिएको छ भने अर्को पक्षले आफ्ना मागका बारेमा मात्र प्रधानमन्त्रीसंग वार्ता गरेको दावी गरेको छ । मंगलबार बालुवाटारमा जसपा नेता र सरकारी कार्यदलबीच छलफल भएको थियो । जसपा अध्यक्ष उपेन्द्र महत्तोले भने पार्टीका तर्फबाट ओलीसंग कुनै छलफल नभएको बताउनुभयो । प्रधानमन्त्रीसंगको भेटघाट व्यक्तिगत हुन सक्ने तर पार्टीको औपचारिक छलफल नभएको उहाले तर्क गर्नुभयो । अन्य दलसंग छलफल गर्नका लागि डा बाबुराम भट्टराई, आफु स्वयं , महन्थ ठाकुर, राजेन्द्र महत्तो र आशोक राई सम्मीलित टिम नै पार्टीको आधिकारीक टिम रहेको भन्दै यादवले आफुहरुले प्रधानमन्त्रीसंग कुनै छलफल नगरेको बताउनुभयो । उहाले कोहिले पनि व्यक्तिगत रुपमा कसैसंग भेट गर्न सक्ने र यसलाई पार्टीभित्रको मतभेद भन्न नमिल्ने जिकिर गर्नुभयो ।

यता जसपा नेता राजेन्द्र महत्ताले भने प्रधानमन्त्रीसंगको छलफलका बारेमा अध्यक्ष र पार्टीलाई जानकारी गराउन नै बाँकी रहेको बताउनुभयो । उहाले छलफलका लागि जन्ती र जुलुस लिएर जान नमिल्ने भन्दै बालुवाटारबाट खवर आएकाले छलफल गर्न गएको उल्लेख गर्नुभयो । छलफलमा जे निष्कर्ष आएपनि पार्टीभित्र छलफल गरिने उहाको भनाइ छ । प्रधानमन्त्रीसंगको छलफलका क्रममा आफुहरुको मागका बारेमा छलफल भइरहेको र राम्रो गृहकार्य भइरहेको पाइएको उहाले बताउनुभयो । जसपाको एक पक्ष ओली इतर समूहसंग सहकार्य गर्नुपर्ने पक्षमा छ भने अर्को पक्ष वर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीलाई नै समर्थन गर्ने पक्षमा छ ।