१३ बैशाख २०८१, बिहीबार

१० दिनमा ८ जना बालिका बलात्कार गर्ने पक्राउ

balatkaari 750x375 1

बिहारको लखीसरायको कजरा गाउँमा ५ देखि ७ वर्षका बालिकाहरुलाई चक्लेटको लालच दिएर बलात्कार गरेको घटना बाहिर आएको छ ।

५० वर्षीय आरोपितले आफ्नो ती बालिकाहरुलाई आफ्नो पसलमा बोलाएर चक्लेट दिएर बलात्कार गर्ने गरेको खुलासा भएको हो । पीडित परिवारको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीले हाल ती व्यक्तिसँग सोधपुछका साथै उसको मानसिक अवस्थाको बारेमा पनि जाँच गरिरहेको छ । सोमबार साँझ दुई बालिकाको स्वास्थ्यअवस्था बिग्रिएपछि उनीहरुले प्रकाश ताँती नाम गरेका व्यक्तिले गरेको दुष्कर्मको बारेमा बताएका थिए । यो खबर फैलिएसँगै सो क्षेत्रमा सनसनी मच्चिएको थियो । घटनाको खबर पाउने बित्तिकै प्रहरी त्यहाँ पुगेर आरोपितलाई पक्राउ गरेको थियो । स्थानीयका अनुसार मार्च २० का दिन उनले अन्तिम पटक २ बालिकामाथि दुष्कर्म गरेका थिए । प्रहरीका अनुसार शुरुमा ८ जना बालिकाको परिवार प्रहरीमा उजुरी दिएका थिए । सोधपुछका क्रममा थप बालिकामाथि बलात्कारको उजुरी आएको छ ।

आरोपितले सबै बालिकामाथि १० देखि १० मार्चको बीच बलात्कार गरेका थिए ।