२६ बैशाख २०८१, बुधबार

सुरेन्द्र पाण्डेसहित चार नेतालाई एमालेले थमायो स्पष्टीकरण पत्र

surendra pandey 1024x705 1

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेकपा एमाले नेता तथा सांसद सुरेन्द्र पाण्डेसहित चार जना नेताहरुलाई स्पष्टीकरण पत्र थमाइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले आज चारै जना नेताहरुलाई स्पष्टीकरण सोधिएको पत्र थमाएका हुन् । पाण्डेसहित पार्टीका अन्य नेताहरुमा माधव कुमार नेपाल, भिम रावल र घनश्याम भुसाल छन् ।

‘बैठकको निर्णयअनुसार चारै जना नेताहरुका स्वकीय सचिवमार्फत पत्र दिइएको छ’, रिजालले बताए । शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टी हितविपरीत काम गरेको भन्दै पाण्डेसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नारायणी अनलाइनले सांसद सुरेन्द्र पाण्डेलाई यसबारे जानकारी लिन सम्पर्क गर्दा कार्य व्यस्तताको कारणले पछि कुरा गर्ने बताए । सांसद पाण्डे चितवनको क्षेत्र नम्बर १ बाट संघीय संसदमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।